काठमाडौं । कक्षा १२ को मौका (पूरक)परीक्षाको आजदेखि सुरु हुँदै छ ।

यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार)दुई दिन सञ्चालन गर्न लागिएको हो ।

पहिलो दिन आज अनिवार्य अंग्रेजी ९००४१०, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ ।

तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनु पर्नेछ ।

यस्तै बुधबार दुवै विषयमा परीक्षा दने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ ।

यो दिन अनिवार्य अंग्रेजीको परीक्षा भने हुनेछैन । अंग्रेजीको परीक्षा पहिलो दिन अर्थात ७ गते नै तोकिएको छ ।

सबै विषयको परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय