काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको विश्वास जित्नेगरी पार्टी गतिविधिलाई अघि बढाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका हुन् ।

मनन गर्नुपर्ने कुरा भन्दै उनले नयाँ पुस्ताको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंशको भने विरोध गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौं । त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गरौं,’ महासचिव पोखरेलले भनेका छन्, ‘नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ । जनतासँगको सम्बन्धलाई जिवन्त र घनिष्ठ बनाऔँ ।’
साथै, उनले जनपक्षीय जीवनशैली र आचरणमा जोड दिनुपर्ने पनि बताएका छन् ।

‘आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पंक्तिको मनोबल उच्च बनाऔँ । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ,’ महासचिव पोखरेलले भनेका छन्, ‘लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय