
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।
यसअघि, भदौ २८ र २९ गते सञ्चालन गर्ने तालिका सार्वजनिक गरे पनि जेनजीको आन्दोलनका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो ।
बोर्डले असोज ७ गते अनिवार्य अंग्रेजी, एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयका ९पूरक० परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपालीको परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ ।
असोज ८ गेत दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ ।