एजेन्सी । एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ हेर्न पुगेका एक दर्शकको हृदयघातका कारण निधन भएको छ ।
ओबुलेस नाम गरेका ३० वर्षीय युवकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।आन्ध्र प्रदेशको अनन्तपुरस्थित एक सिनेमा घरमा उनको मृत्यु भएको जनाइएको छ ।
लामो समयसम्म उनको धड्कन बन्द भएपछि साथीहरूले उनलाई नजिकैको अस्पताल लगेका थिए। तर डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।
‘आरआरआर’ले बलिउडमा रेकर्ड बनाएको छ । रिलिजअघि नै फिल्मले वितरण, स्याटेलाइट, म्युजिकजस्ता अधिकार बेचेर करिब ८०० करोड कमाइसकेको दाबी गरिएको छ । फिल्ममा रामचरण, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट मुख्य भूमिकामा छन्।




