काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज सुन प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ५३ हजार ३०० कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन बुधबार दुई लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तीन हजार ६२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तीन हजार ६५५ रुपैयाँ थियो ।




