काठमाडौ । भारतलाई फराकिलो रनले हराउँदै नेपालले हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
शनिबार बिहान हङकङमा भएको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो।
जारी प्रतियोगितामा यसअघि लगातार तीन हार भोगेको नेपाली क्रिकेट टोलीले चौथो खेल जितेको हो।
नेपालले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा ४५ रन बनाउँदा अलआउट भयो।
नेपालका लागि रासिद खानले ३ विकेट लिए। बसिर अहमदले २ तथा रुपेश सिंहले १ विकेट लिए।
भारतविरुद्ध नेपालले निर्धारित ६ ओभरमा विनाविकेटको क्षतिमा १ सय ३७ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि रासिद खान अर्धशतक बनाउँदै रिटायर्ट हर्ट भए। उनले १७ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै रिटायर्ट हर्ट भए।
सन्दीप जोरा १२ बलमा ४ चौका र ५ छक्का सहयोगमा ४७ रनमा अविजित रहे। लोकेश बम ७ बलमा १ चौका र ४ छक्का सहयोगमा ३१ रनमा नटआउट रहे।
शनिबार नै भएको दोस्रो खेलमा नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भयो। यो नेपालको लगातार तेस्रो हार थियो।
नेपालले दिएको ८७ रनको लक्ष्य श्रीलंकाले ५।३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
त्यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ४ विकेटको क्षतिमा ८६ रन बनायो।
शनिबारै भएको दोस्रो खेलमा पनि नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले हारेको थियो।
यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।
अब नेपाल आइतबार संयुक्त अरब एमिरेन्ट्स ९यूएई० सँग भिड्नेछ।




