काठमाडौँ । सरकारले सदन छलेर ल्याएको अध्यादेशमात्र होइन, आफैँ सहभागी भएको सरकारको कार्यशैलीप्रति सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ । सभापति देउवा निकट नेताहरू सरकारको बचाउमा उत्रिँदा इतर समूह विपक्षमा उभिएको छ ।

नेपाली कांग्रेसभित्र अध्यादेश प्रकरणले थप असन्तुष्टि बढाएको छ । पार्टीभित्र इतर समूहका नेताहरूमात्र हैन, विगतमा सभापति शेरबहादुर देउवासँग निकट भएर काम गरेकाहरू समेत असन्तुष्ट छन् । विगतमा अध्यादेशविरूद्ध चर्को बोल्ने महामन्त्री गगनकुमार थापा लगायत नेताहरू भने अहिले मौन देखिएका छन् ।

संसद्को हिउँदे अधिवेशन छलेर सरकारले एकै पटक पाँच अध्यादेश ल्याएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको हो । हिउँदे अधिवेशनलाई विधेयक अधिवशेनका रूपमा पनि लिइन्छ । तर, अधिवेशन बोलाउन छाडेर वर्तमान सरकारले अध्यादेशको बाटो समातेको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको हो ।

विगतमा सभापति देउवा निकट मानिएका कांग्रेस नेता एनपी साउदले अध्यादेशमार्फत् कानुन बनाउनु सकारात्मक नभएको बताए । आइतबार बुटवल पुगेका उनले संसदलाई बन्धक बनाएर अध्यादेश ल्याउने विषयको विरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय