
काठमाडौ /हरितालिका तीज को अवसरमा देश विदेशमा तीज विशेष कार्यक्रम लें निरन्तरता पाएका छन ।यसै क्रममा अखिल भारत नेपाली एकता मंचले आफ्नो आयोजनामा पन्जाब प्रान्तको जालन्धरमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । महिला शसक्तीकरण अभियान यहीं हाम्रो स्वाभिमान भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको नबराज सेढाईले जानकारी दिएका छ्न। कार्यक्रमको केन्द्रिय सचिबालय सदस्य गोबिन्द जि.सी तथा केन्द्रिय समिती सदस्य नन्दराम मल्लले दिप प्रज्वलन गरि उद्धघाटन गरेका थिए । कार्यक्रममा हजारौंको संख्यामा जन सहभागिता रहेको थियोे भने कार्यक्रम को समापन अध्यक्ष बिस्नु जि. सीले गरेका थिए ।
