काठमाडौं । प्रहरीले उदयपुर, कपिलवस्तु र धनगढीबाट बालिकालाई यौन दुव्र्यवहार गर्ने तीन युवालाई पक्राउ गरेको छ । उदयपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–४ सिम्ले बस्ने ३० वर्षीय दिनेश दनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । छिमेकीको घरबाट आफ्नो घर जाँदै गरेकी गरेकी ती बालिकाकाई सोही ठाउमा निर्माणाधिन घरमा लगि दनुवारले शनिबार राति बलात्कार गरेका थिए । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै कपिलवस्तुमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेबी गाउँपालिका–७ बसन्तपुर बस्ने २१ वर्षीय कली मुल्लाह मुसलमान पक्राउ परेका छन् । बाह्र वर्षीया बालिकालाई यौन दुव्र्ययवहार गरेको अभियोगमा धनगढी नगरपालिका–१४ मरायण टोल बस्ने २९ वर्षीय मुकेश लामा पक्राउ परेका छन् । लामाले ती बालिकालाई ललाई फकाई यौन दुर्व्यवहार गरेका थिए । इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय