काठमाडौं । काठमाडौंको रत्नराज्य क्याम्पसले यही चैत ३० गते स्ववियु निर्वाचन हुने जनाएको छ । यसअघि चैत २६ गते मतदान गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको क्याम्पसले अब चैत ३० गते मतदान हुने जनाएको छ ।

निर्वाचन अधिकृत प्रमिला बिडारीले बिहीबार बसेको निर्वाचन समितिको बैठकले चैत ३० गते बिहान ८ बजेदेखि ४ बजेसम्म स्ववियु निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिइन् । त्यसका लागि आज चैत २४ र २५ गते गते प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

धेरैजसो क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन सम्पन्न भए पनि रत्नराज्य लगायत काठमाडौं उपत्यकाका ठूला क्याम्पसमा विवादका कारण निर्वाचन हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय