काठमाडौं। नेकपा एमाले औपचारिक विभाजनतर्फ बढिरहँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु सांसद तानातानमा व्यस्त हुन थालेका छन् । दुवै पक्ष बढीभन्दा बढी सांसद पक्षमा पार्न लागेका छन् ।

नेकपा एमालेको सुर्य चिन्हबाट निर्वाचित १२१ सांसद मध्ये ओली पक्षमा ८२ देखि ८५ छन् । माधवकुमार नेपाल पक्षमा २४ देखि २६ को बीचमा छन् । तटस्थ ११–१२ सांसद देखिएका छन् ।

तटस्थ भूमिकामा रहेका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, झपट रावल, यज्ञराज सुनुवारलगायत १२ जनामध्येबाट बढी भन्दा बढीलाई पक्षमा पार्न सकिनेतर्फ नेपाल समूह लागेको छ । नेपालले रावललाई भेटेर पक्षमा पार्न कोशिश गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय