काठमाडौँ । राष्ट्रपति निर्वाचनमा कांग्रेससहितको आठ दलीय गठबन्धन र एमालेबीच भिडन्त हुने भएको छ । नेकपा एमालेले पनि राष्ट्रपतिमा उम्मेदवार खडा गर्ने निर्णय गरेसँगै दुई पक्षीय भिडन्त हुने निश्चित भएको हो ।

आठ दलीय गठबन्धनको सहयोगमा कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पौडेललाई सर्वसम्मत रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

यस्तै एमालेको आजै बसेको सचिवालय बैठकले सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेता सुरेन्द्र पाण्डेले बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । यससँगै आजै दुबै जनाले नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर उम्मेदवारी दर्ता गराउनेछन् । राष्ट्रपति निर्वाचन फागुन २५ मा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय