
काठमाडौं । कम्युनिष्ट नेता बामदेव गौतमले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने बताएका छन् । नेता गौतमले नागरिकले नो भोट गर्न पाउने अधिकार अनुरुप मतदान नगर्ने जानकारी दिएका छन् ।
आफू कुनै पनि पार्टीमा नभएको जानकारी दिँदै गौतमले यसवर्षको निर्वाचनमा मत दिने खालको पार्टी नभेटिएको जिकीर गरेका छन् ।
बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर १ को मतदाता रहेका गौतम नेकपा एमालेको विभाजनसँगै तटस्थ बस्दै आएका छन् । गौतमले निर्वाचनमा मतदान नगर्न कसैलाई पनि आग्रह नगरेको बताए ।