एजेन्सी । श्रीलंकाको रक्षा मन्त्रालयले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने या कसैको खतरामा पार्नेहरूलाई गोली हान्न आदेश दिएको छ । अहिलेसम्मकै खराब आर्थिक संकटसँग जुझिरहेको श्रीलंकामा सरकार विरोधी प्रदर्शनहरू हिंसात्मक हुँदै गएका छन् । हरेक दिन जसो दंगा भइरहेका छन् ।

रक्षा मन्त्रलायका प्रवक्ता नलिन हेरथले भने, ‘ सुरक्षा निकायलाई सार्वजनिक सम्पत्ति लुट्ने या क्षति पुर्‍याउनेहरू जो कसैलाई पनि देख्नेबित्तिकै गोली हान्न आदेश जारी गरिएको छ ।’ मन्त्रालयले मंगलबार साँझ यस्तो आदेश जारी गरेको हो ।

आदेश जारी हुनुभन्दा एक दिनअघि मात्रै आन्दोलनकारीको एक समूहले सत्तारूढ दलका नेताहरूको घरमा निशाना बनाएर आगजनी गरेको थियो । यहाँ सम्म कि राष्ट्रपतिको सरकारी निवास वरपरका क्षेत्रमा समेत आगजनी गरिएको थियो । यस अवस्थालाई ध्यानमा राख्दै सेना र प्रहरीलाई आपतकालीन शक्ति प्रयोगको अधिकार दिइएको हो ।

सरकारको पछिल्लो आदेशपछि अब सेनाले पक्राउ परेका मानिसहरूलाई प्रहरीमा बुझाउनुअघि २४ घण्टासम्म हिरासतमा राख्न सक्छ । यसैगरी उनीहरूका निजी सवारी साधन लगायतका व्यक्तिगत सम्पत्ति जुनसुकै बेला पनि खोजी गर्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय