काठमाडौं। नेपाल गाँजा वैधानिक महाअभियानमा आबद्ध विभिन्न संघका प्रतिनिधिहरूले बिभिन्न मन्त्रालयमा तत्काल गाँजा प्रतिबन्ध फुकुवा गर्ने मागसहित निवेदन पेश गर्ने क्रम तिव्र पारेका छन् ।

सबै मन्त्रीहरू चुनावी प्रचारमा खटिएको भएपनि पीडामा छटपटाई रहेका बिरामीहरू चुनावलाई पर्खन नसक्ने र सरकारले तत्काल निर्णय नलिए आफूहरू न्यायालय र सडक आन्दोलनमा उत्रने बारे मन्त्रालयका अधिकारीलाई जानकारी गराएको नेपाल गाँजा वैधानिक महाअभियानका राष्ट्रिय संयोजक मदन कोइरालाले बताएका छन् ।

कृषि, पर्यटन, उद्योग, कानुन, गृह र स्वास्थ्य मन्त्रालयमा गाँजा वैधानिकताको लागि निवेदन दिएको र वैधानिकताको लागी बिगत ४ वर्षदेखि संघर्ष गर्दै आएको अभियानका राष्ट्रिय सदस्य तथा नेपाल गाँजा कृषि संघका संयोजक रबिन्स डाँगीले जानकारी दिए । साथै उनले गाँजाले वैधानिकता नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै गाँजाले वैधानिकता पाए सँगै घर फर्कने मनस्थितिमा रहेको समेत उल्लेख गरेका छन् ।

नेपालमा गाँजालाई वैधानिकता दिन सङ्गठित युवाहरूको समुह नेपाल गाँजा वैधानिक महाअभियानले विभिन्न समय र स्थानमा बिगत लामो समयदेखि गाँजा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

साथै यसै अभियान अन्तर्गतका नेपाल गाँजा किसान संघ, नेपाल गाँजा उद्योग संघ र नेपाल गाँजा पर्यटन संघ नामक समुहले बिभिन्न जिल्लाहरूमा आधुनिक गाँजा खेती तथा प्रसोधनबारे तालिम गर्नका साथै बिभिन्न जिल्ला प्रशासन कार्यालय मार्फत गाँजा खेती गर्न अनुमतिका लागी निवेदन दिएको र कारबाही प्रकियाका लागी गृह मन्त्रालयमा समेत रहेको महाअभियानका बागमती प्रदेश संयोजक अनुबन्ध प्रधानले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय