काठमाडौं । नेकपा (बहुमत)ले नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले विचलनको बाटो पक्रेपछि नेकपा (बहुमत) पार्टी निर्माण भएको जनाएको छ ।

सो पार्टीले सोमबार पत्रकार सम्मेलन गर्दै नेकपा दार्शनिकरुपमा सारसंग्रहवादी, राजनीतिक रुपले संसदीय संशोधनवादीमा फसेको आरोप लगाएको हो ।

पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले ‘विप्लव’ले संसदवादी नीति अवलम्बन गरेको बताएका छन् । यस्तै नेकपा बहुमतले ‘विप्लवबाट धोका भएको’ जनाएको छ । बास्तोलाले अगाडी भने अधिकांश साथीहरुको असहमतिका बाबजुत चुनावमा सहभागी हुने निर्णय भयो, फेरि उस्तै संसदीय राजनीतिको फोहोरी खेलबाट वैज्ञानिक समाजवाद सम्भव छैन, उहाँहरुबाट धोका भएपछि पार्टी विभाजनको विकल्प रहेन ।

विप्लवले संसदवाद र विचलनवादको बाटो रोजेपछि नयाँ पार्टी गठन गरेको बास्तोलाले बताएका छन् । विप्लव समूहले वैज्ञानिक समाजवादको बाटो बीचमै छाडेको उनको आरोप छ ।

उनले राजनीतिक स्थिरता, स्वाधीन संयुक्त सरकार, सामाजिक रुपान्तरण र समृद्धीको कार्यदिशालाई पार्टीले सशक्तरुपमा अघि बढाउने पनि बताएका छन् । पत्रकार सम्मेलनमा पार्टीका अर्का नेता हेमन्तप्रकाश ओली ’सुदर्शन’ ले नेकपा सांगठनिकरुपमा निषेधात्मक अधिभूतवादी कित्तामा गएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय