एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि इन्धनको मूल्य वृद्धि भएको आरोप लगाएका छन्। रसियाले युक्रेनमाथि आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढिरहेको छ। साथै, अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भइरहेको छ।

यही अवस्थाको उदाहरण दिँदै बाइडेनले विश्वभर अहिले मूल्य वृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको अभावको दोषी पुटिन नै भएको दाबी गरेका हुन् ।

‘रसियाले युक्रेनमाथि आक्रमण गरेको ३८ दिन भइसक्यो । आक्रमणको असर दिन प्रति दिन विश्वभरि फैलिँदै र थप गहिरो पर्दै गएको छ। रसियाको आक्रमणले युक्रेनमा मात्र नभइ विश्वभर नै हानी गरेको छ’ बाइडेनले भने ।

उनले मूल्यवृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नु पर्नेमा जोड दिँदै मूल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने बताए । उनले अहिलेको मूल्यवृद्धि अझै कहाँसम्म पुग्ने हो भन्ने कुरा अनुमान लगाउन नसकिने अवस्था भएको समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय