
दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् । रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘गठबन्धनको बलमा होइन,’ उने भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’ उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताए ।
यस्तै अध्यक्ष प्रचण्डले माओवादीले आफ्नै तागतमा निर्वाचन जित्ने बताएका छन् । पार्टीका प्रवक्ता कृष्णबहादुर महराको घरमा सोमबार आयोजित पत्रकार भेटघाटमा प्रचण्डले स्थानीय निर्वाचनमा माओवादी आफ्नै तागतमा निर्वाचनमा भाग लिएर जित्ने दाबी गरेका हुन् ।
प्रचण्डले निर्वाचनको समयमा अन्य दलसँग सहकार्य वा तालमेललाई अस्वीकार पनि नगर्ने बताएका छन् । ७ वर्षपछि रोल्पा पुगेका प्रचण्डले निर्वाचनमा आफ्नो जित हासिल हुनेमा विश्वास भएको समेत बताएका छन् ।
आफ्नै नेतृत्वमा २०५२ फागुन १ मा माओवादी सशस्त्र द्वन्द्वको सुरुआत गरेको जिल्ला रोल्पामा आयोजित जनसभालाई सम्बोधन गर्न रोल्पा पुगेका दाहालले निर्वाचनमा गठबन्धन र तालमेल गर्न सकिने निर्णय पनि गरिएको बताएका छन् । प्रचण्डले रोल्पा नगरपालिकाले सातदोबाटोमा करिब ६ करोडमा निर्माण गरेको जनयुद्ध स्मृति भ्युटावरको उद्घाटन समेत गरेका छन्