काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमाले र माओवादी फेरि पनि मिल्लान् भन्ने चिन्ता कांग्रेसलाई रहेको बताएका छन् ।

२०७४ सालको निर्वाचनमा जसरी मिलेका थिए  त्यसरी नै फेरि मिल्न सक्छन् कि भन्ने चिन्ता रहेको बताएका हुन् । विराटनगरस्थित कोइराला निवासमा कांग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले वाम दलहरू फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताएका हुन् । 

कार्यक्रममा डा कोइरालाले आउने निर्वाचनमा कांग्रेसको अवस्था ०७४ को जस्तै हुने हो कि भन्ने चिन्ता रहेको बताएका हुन् ।  उनले अगाडि भने अहिले मेरो देशभरिका कार्यकर्ता साथीहरूसँग कुराकानी भइरहेको छ, सबैको मत गठबन्धन गरेर जानु हुँदैन भन्नेछ, तर, यसो भनिरहँदा २०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता पनि छ ।’ 

पछिल्लो समयमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा दृढतापूर्वक उभिएका नेता कोइरालाले कांग्रेस एक्लै अघि बढ्दा वामपन्थीहरू फेरि मिल्न सक्ने जोखिम औंल्याएका हुन् ।

स्थानीय तहको निर्वाचनमा स्थानीय स्तरबाटै गठबन्धनबारे धारणा बन्नुपर्ने र केन्द्रको हस्तक्षेप हुन नहुने पक्षमा आफू रहेको कोइरालाको भनाइ थियो । कोइरालाले गठबन्धन केका लागि भन्ने विषय प्रष्ट हुनुपर्नेमा पनि जोड दिँदै गठबन्धन गर्दा काँग्रेस कमजोर हुनसक्ने पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय