एजेन्सी । पाकिस्तानको एक मस्जिदमा बम बिस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा आज भएको बम विष्फोटमा परि ३० जनाको मृत्यु भएको हो ।

कोचा रिसालदार क्षेत्रमा रहेको शिया मस्जिदमा गराइएको बम बिस्फोटमा परि अन्य ५० जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जानकारी दिएको छ । 

उक्त बिस्फोटमा एक जना प्रहरीको पनि मृत्यु भएको छ । साथै उक्त बिस्फोटको जिल्ला अहिलेसम्म कसैले लिएको छैन । आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा रहेका प्रहरीलाई गोली हानेर भित्र प्रवेश गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय