काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा.भीम रावलले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्याे भन्ने सरकारी भनाईको खण्डन गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा.रावलले एमसीसीबारे सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार भएको बताएका छन् ।

जबसम्म नेपाल सरकारले औपचारिक पत्र पठाएर अमेरिकाले औपचारिक जवाफमा उक्त घोषणा स्वीकार्दै सम्झौताको अंग हुने कुरा नगर्दासम्म स्वीकारेको नठहर्ने डा रावलको भनाई छ । साथै उनले एमसीसीलाई लिएर जनता ठग्ने दुष्प्रयास् नर्गपनि सरकारलाई चेतावनी दिएका छन् ।

उनले ट्वीटमा लेखेका छन् ‘सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार हो, जबसम्म नेपाल सरकारले औपचारिक पत्र पठाएर अमेरिकाले त्यसको औपचारिक जवाफमा उक्त घोषणा स्वीकार्दै सम्झौताको अंग हुने कुरा गर्दैन, तबसम्म स्वीकारेको ठहर्दैन । नेपाली जनतालाई ठग्ने दुष्प्रयास नहोस्,’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय