
एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको टाउकोको मूल्य तोकिएको छ । रुसका व्यापारीले रुसलाई युक्रेनविरुद्ध युद्धमा होमेका राष्ट्रपति पुटिनको टाउकोको मूल्य १० लाख अमेरिकी डलर तोकेका हुन् । रुसी व्यापारी अलेक्स कोनान्खिनले पुटिनलाई पक्राउ गरेको खण्डमा रुसी सैनिक अधिकारीलाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल लिंकडेनमा एउटा सन्देश जारी गर्दै उनले पुटिनलाई पक्राउ गरेको खण्डमा १० लाखको इनाम घोषणा गरेका हुन् । ‘रुसी र अन्तर्राष्ट्रिय कानूनअनुसार युद्धअपराधी पुटिनलाई पक्राउ गरी संवैधानिक कर्तव्य पालना गरेको खण्डमा सैनिक अधिकारीहरूलाई १० लाख अमेरिकी डलर इनाम दिने बाचा गरेका छन् ।
‘पुटिन रुसी राष्ट्रपति नभएको भन्दै पुटिन विशेष कारवाहीको नाममा रुसका आवासीय भवनमा विस्फोट गराएर शक्तिमा आएको उनले बताएका छन् । उनले अगाडी भने त्यसपछि स्वतन्त्र निर्वाचनलाई दमन गरेर र विपक्षीको हत्या गरी उनले संविधानको उल्लङ्घन गरेका छन् ।’
सन्देशमा उनले ‘वान्टेड स् डेड अर अलाइभ भ्लादिमिर पुटिन फर मास मर्डर’ चाहियो स् जिउँदै वा मृत, आम हत्याका लागि भ्लादिमिर पुटिन० लेखिएको छ ।