एजेन्सी । रुस युक्रेन युद्धको असर कच्चा तेलको मूल्यमा देखिएको छ । रुसले युके्रनका शहरहरुमा आक्रमणलाई तिब्र पारेपछि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको अचाक्ली महंगीएको हो । कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर पुगेको छ ।

जुन अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०१४ यताकै उच्च हो । आज साढे १२ बजे प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३।५८ प्रतिशतले बढेर ११७ डलर पुगेको छ । त्यस्तै डब्लुटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ११४ डलर नाघेको छ ।

विश्वमा धेरै तेल निर्यात गर्ने मुलुकमा रुस तेस्रो स्थानमा रहेको छ भ धेरै ग्यास निर्यात गर्नेमा दोस्रो ठूलो मुलुक हो । विश्वमा १० प्रतिशत तेलको आपूर्ति रुसले नै धानिरहेको छ ।

रुसले ठूलो परिमाणको तेल हातहतियार उत्पादनका लागि भण्डारण गरेको आरोप अमेरिका, बेलायत, क्यानडा लगायतका मुलुकहरुले लगाउँदै आएका छन् । यद्यपी रुसबाट आपूर्ति हुने ग्यास र तेलमा कुनै बाधा नपुऱ्याउने यी मुलुकहरुले बताउँदै आएका छन् ।

कच्चा तेलको मूल्य बढेसँगै नेपालमा समेत असर परिसकेको छ । भारतबाट नेपाल आयल निगमलाई पछिल्लो समय तेलको मूल्य उच्च दरले बढेर आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय