
काठमाडौं । सत्ता गठबन्धनले व्याख्यात्मक घोषणा’ सहित एमसीसी पारित गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना पारित गर्ने गठबन्धनमा सहमति भएको बताए ।
यसअघि एमसीसीबारे गठबन्धनमा विवाद हुँदै आएकोमा व्याख्यात्मक टिप्पणीबारेको सहमति जुटेको हो । यससँगै संसदबाट एमसीसी आजै पारित गर्ने तयारी भएको छ ।