काठमाडौँ — माओवादी केन्द्रका सांसद सुदन किराँतीले एमसीसीबारे जनमत संग्रह वा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् ।  नेपालको हितमा एमसीसी नरहेको भन्दै विकासका लागि हो भन्नेहरूले जनमत संग्रहका लागि तयार हुनुपर्ने बताएका हुन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा सांसद किराँतीले एमसीसीको विरोधमा सडकमा जनता बोलिरहेको अवस्थामा राम्रै हो भन्ने हो भने जनमत संग्रह गर्न तयार हुनुपर्ने बताएका हुन् । एमसीसीविरुद्धमा जनता बोलिरहेका छन् । राम्रो भन्ने हो भने गोलमेच सम्मेलन गरौं या एमसीसीबारे जनमतसंग्रह गरौं न त, उनको सुझाव थियो,एमसीसीबारे हामी सबैले एकमत कुरा गरौं ।

एमसीसी राष्ट्रघाती नैु भएको सांसद किराँतीको भनाइ थियो । नेपाललाई खसी चाहिएको छ तर खुवाइँदैछ फर्सीु भन्दै विकासका नाममा राष्ट्रिय हितविरुद्धको सम्झौता स्वीकार्य नहुने उनको भनाइ थियो ।

किराँतीले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले असोज १३ गते लेखेको पत्र असोभनीय भएको पनि बताए । उताबाट एउटा सहसचिवले लेख्छ यताबाट बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले पत्र लेख्छन्, यो शोभनीय भएन, उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय