१० साउन, काठमाडौं । प्रहरीले प्रधानमन्त्री र राष्ट्रपतिको फोटो बिगारेर टिकटक बनाएको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइवर ब्युरोको टोलीले झापा मेचीनगर नगरपालिका वडा नम्बर ६ बस्ने सोमप्रसाद घिमिरेलाई नियन्त्रणमा लिएको ब्युरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिए ।

घिमिरेलाई झापा प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो बिगारेर भिडिओ बनाइ टिकटकमा अपलोड गरेका थिए ।

उनी विरुद्ध विद्युतीय कारोबार ऐन,२०६३ अनुसार अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय