काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २४ लाख खोपको तथ्यांकै नभेटिएको बताएका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिलाई कोरोना संक्रमणको अवस्था र मन्त्रालयको तयारीका बारेमा जानकारी दिँदै सचिव डा. पोखरेलले हालसम्म नेपालले प्राप्त गरेर लगाएको कुल खोपमध्ये २०-२४ लाख खोप तथ्यांकबाट हराइरहेको जानकारी दिएका छन् ।

उनका अनुसार व्यक्तिहरुले खोप कार्डबिना नै पहिलो र दोस्रो मात्राको खोप लगाएको, सहरी क्षेत्रमा केहीले पहिलो डोज भन्दै तेस्रो डोज पनि लगाएको कारणले गर्दा पनि केही लाख खोपको लेखाजोखा भने नमिलेको देखिएको छ । अहिले तेस्रो डोज लगाउन आउनेहरुले पहिलो र दोस्रो डोज लगाउँदा आफूले कार्ड नै नपाएको पनि बताउने गरेका छन्,ु उनले भने, ुयसले उनीहरूले पहिला खोप लगाए पनि हाम्रो तथ्यांकमा भने इन्ट्री नभएको बुझिन्छ । यस्ता प्रशस्तै उदाहरण छन् ।

उनका अनुसार बीचमा केही राष्ट्रहरूबाट सहयोग स्वरूप प्राप्त खोपको म्याद गुज्रिने मिति निकै कम रहेको कारणले गर्दा पनि त्यस्ता खोप व्यवस्थापन गर्न मन्त्रालयलाई कठिन भएको थियो ।

डा। पोखरेलले समितिमा नेपालका ठूला शहरी क्षेत्रमा बसोबास गर्ने अधिकांशले दुई डोज खोप लगाइसकेको दाबीसमेत गरे । शहरी क्षेत्रमा करिब ८० प्रतिशतले नै खोप लगाइसके भन्ने हाम्रो अनुमान छ, उनले भने, तथ्यांकले पनि त्यही देखाउँछ ।

उनले सरकारले हाल तेस्रो डोज लगाउनेहरूको भने व्यवस्थित रुपमा तथ्यांक राख्ने प्रयास गरिरहेको दाबी गरे । यस्तै डा। पोखरेलले विभिन्न प्राविधिक कठिनाइका कारण सरकारले घोषणा गरेअनुसार वडा(वडामा खोप पुर्‍याउन कठिन भइरहेको छ । हामीले वडा वडामा खोप पुर्‍याउने भनेका थियौं । हामी त्यसका लागि अहिले पनि लागिरहेका छौं, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय