सन् २०१५ देखि २०२१ को बीचमा इतिहासका सबैभन्दा धेरै सातवटा गर्मी वर्ष कायम भएका छन् । २०२१ इतिहासको पाँचौँ सबैभन्दा गर्मी वर्ष थियो ।
सन् १८५० देखि १९००को बीचमा औसत तापमानमा मात्र करीब १।१६ डिग्री सेल्सियस धेरै मापन भएको छ । १९९१ बाट २०२० को औसत वार्षिक तापमानको तुलाना गर्दा २१ को वार्षिक औसत तापमान ०।३ डिग्री सेल्सियस धेरै थियो ।
यो जानकारी युरोपियन युनियनको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिस ९सीघएस० द्वारा जारी वार्षिक रिपोर्टमा उल्लेख छ ।
रिपोर्टअनुसार २०२१ इतिहासका सात गर्मी वर्षमध्ये एक थियो । विश्वमा कार्बनडाइक्साइड र मिथेनको स्तरमा पनि वृद्धि भएको छ ।
इतिहासका सबैभन्दा गर्मी वर्ष सन् २०१६ रेकर्ड भएको छ । यो वर्ष तापमान सामान्यभन्दा १।३२ डिग्री सेल्सियस बढी मापन भएको छ । त्यसपछि २०२० मा १।३१, २०१९ मा १।२८, २०१७ मा १।२२ डिग्री सेल्सियस, २०२१ मा १।१६, २०१८ मा १।१४ र २०१५ मा तापमान औसतभन्दा १।१४ डिग्री सेल्सियस धेरै मापन भएको छ ।
२०२१ का पहिलो पाँच महिना सबैभन्दा गर्मी वर्षको तुलनामा अपेक्षाकृत रूपमा कम गर्मी थिए । तर, जूनबाट अक्टूबरको मासिक तापमान इतिहासको चौथो सबैभन्दा गर्मी थियो । पछिल्लो ३० वर्ष ९१९९१ बाट २०२०० का तापमान औद्योगिक कालको सबैभन्दा अगाडिको तापमानभन्दा ०।९ डिग्री सेल्सियस धेरै हो । २०२१ मा युरोपले इतिहासको सबैभन्दा गर्मी मौसमको सामना गरेको थियो ।




