पहिलोपटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको छ। अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयका सर्जनले पहिलोपटक वंशाणु संशोधित गरिएको सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरेका हुन्। मेरील्याण्ड मेडिकल सेन्टर विश्वविद्यालयले नयाँ वर्षको पूर्व संध्यामा खाद्य एवं औषधि प्रशासनले ५७ वर्षीय डेविड बेनेटलाई आनुवंशिक रूपमा संशोधित सुँगुरको मुटु राख्न आपतकालिन अनुमति दिएको थियो।
बनेट जसलाई पारम्परिक रुपमा हृदय प्रत्यारोपणका लागि अयोग्य ठानिकएको थियो। ६ हप्तादेखि अस्पतामा उपचाररत उनको मुट बाइपास मेसिनसँग जोडिएको थियो। न्युयोर्क टाइम्सका अनुसार बेनेटमा सुँगुरको मुटु प्रत्यारोपणका लागि ८ घण्टा समय लागेको थियो र त्यसको तीनदिनपछि अहिले बेनेट स्वस्थ हुँदै गएको समाचारमा उल्लेख छ। बेनेटको लागि यो प्रत्यारोपण जीवन बाँच्ने एकमात्र आशा थियो। यद्यपि मुटु प्रत्यारोपणपछि उनी कति लामो समयसम्म जीवित रहन्छन् भन्ने स्पष्ट भइसकेको छैन।
शल्यक्रियाको अघिल्लो दिन बेनेटले यो प्रत्यारोपण आफ्नो लागि ‘गर वा मर’ जस्तै भएको बताएका थिए। उनले भनेका थिए, ‘मलाई थाहा छ कि यो अध्याँरोमा तीर चलाउनुजस्तै हो तर मेरो लागि यो अन्तिम मौका हो।’ धेरै लामो समयको अनुसन्धानपछि पहिलोपटक मुटु प्रत्यारोपण गरिएको छ। यसले विश्वभरका धेरै मानिसको जिन्दगी बचाउन सक्ने अपेक्षा छ।
युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनले एक विज्ञप्ति जारी गर्दै यो शल्यक्रियाले विश्वको ‘अंग कमीको संकट समाधानको एक कदम नजिक’ पुर्याएको उल्लेख गरको छ। हार्वर्ड यूनिवर्सिटी मेडिकल स्कूलका अनुसार, भल्ब प्रतिस्थापनका लागि सुँगुर र गाईको टिस्युहरुलाई सफलतापूर्वक उपयोग गरिएको छ। यो भल्भ आम रुपमा लगभग १५ वर्षसम्म चल्न सक्छ र यान्त्रिक भल्कको विपरित एन्टि क्लटिङ औषधिको उपयोगको आवश्यकता हुने छैन।
यसअघि नै मानिसमा जनावरको अंग प्रत्यारोपणको सम्भावनाको विषयमा अनुसन्धान हुँदै आएको थियो। यसलाई जेनोट्रान्सप्लान्टेसन भनिन्छ। गत अक्टोबरमा न्युयोर्कका डाक्टरहरुले सुँगुरको मृगौला सफलतापूर्वक मानिसमा प्रत्यारोपण गरिएको बताएका थिए।