१० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकमा एकैपल्ट २६ जनाका लागी जागीर खुलेको छ । विभिन्न सेवामा ६ महिना करार अवधि कायम हुने गरी केन्द्रीय बैंकले दरखास्त आह्वान गरेको हो ।
८ कक्षा पासदेखि एसएलसी वा सोसरह शैक्षिक योग्यता भएकाले पनि उक्त जागिरका लागि आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत् दिनुपर्ने छ । सुरक्षा सहायक १ जना र रक्षक ५ जना, सिपाही २७ जना माग गरिएको हो । साथै ३० जना कार्यालय सहयोगी पनि मागेको छ ।
साउन २४ गतेभित्रमा आवेदन दिइसक्नु पर्नेछ ।