
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सीमामा साम्राज्यवादी हर्कत तत्काल बन्द गर्न भारतलाई चेतावनी दिएको छ ।
नेपाली भूमि लिपुलेक-कालापानी हुँदै मानसरोवर जाने सडक विस्तारको काम जारी रहेको भनेर मोदीले दिएको अभिव्यक्तिमा आपत्ति जनाउदै नेपालका राजनीतिक दलहरुको मौनतप्रति बिरोध जनाएका छन् । नेकपा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले आज विज्ञप्ति जारी गर्दै सरकार भारतीय रबैयाप्रति चुप लागेर बस्नु लाजमर्दो रहेको बताएका छन् ।
त्यस्तै नेकपाले लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका जनताको जनगणना गर्नबाट भारतले रोकावट गर्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप भएको ठहर पनि गरेको छ । साथै नेकपाले भारत सरकारलाई ‘साम्राज्यवादी हर्कत’ तुरुन्त बन्द गर्न अपिल गर्दै नेपाल सरकारलाई तुरुन्त कूटनीतिक पहलबाट त्यस क्षेत्रको सार्वभौमिकताको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ ।