काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादवलाई भेटेका छन्।

यादव निवास हात्तिवन पुगेर चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माले भेटेको चन्द नेतत्वको पार्टीका एक नेताले बताए। यादवसँग चन्द र विश्वकर्माले बिहान ९ बजे एक घण्टा भेटघाट गरेका हुन। भेटमा चन्दले आफ्ना नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ताका विषयमा सहयोग गर्न आग्रह गरेका थिए।

जवाफमा यादवले अहिलेकै व्यवस्थामा रहेर थप उपलब्धिका लागि संघर्ष गर्नुपर्ने सुझाएका थिए। ‘अहिलेको संविधान र व्यवस्थालाई रक्षा गर्दै सबै माग यहीँ व्यवस्थाबाट खोजेर जानुपर्छ,’ यादवको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘यो व्यवस्थाको विकल्प खोज्नेतिर जानुहुँदैन।’ चन्द केही दिनदेखि विभिन्न पार्टी नेतालाई भेट गर्दै हिँडेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय