१६ मंसिर, काठमाडौं । नेपालको छिमेकि मुलुक भारतमा पनि कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएको छ । भारतको कर्नाटकमा २ जना नयाँ कोरोना भेरिएन्टका संक्रमीत भेटिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा कोरोनाको नयाँ भेरिएन्ट भेटिएपछि खुल्ला सिमानाकाका कारण नेपाल पनि कोरोनाको नयाँ भेरिएन्टको उच्च जोखिममा परेको छ । भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरु ६६ वर्ष र ४६ वर्षका पुरुष रहेका छन् ।

साथै उनीहरुको कन्ट्याक ट्रेसिङको काम पनि भएको र अन्यको स्वास्थ्य परीक्षण पनि गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय