राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा सुरू हुने महाधिवेशनको तयारी लगभग पूरा भएको छ। राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।

हाल राप्रपामा हाल ती जना अध्यक्ष छन् ।ती मध्ये डा। प्रकाशचन्द्र लोहनी र पशुपति शमसेर राणा निर्वाचन नलड्ने निर्णयमा पुगेका हुन्। लोहनीले पत्रकार सम्मेलन गरी युवानेता लिङ्देनलाई समर्थन गर्ने जनाएका छन् भने राणाले पार्टीको वृहत्तर हित र एकताका लागि आफू अध्यक्षको उम्मेदवार हुनबाट पछि हटेको बताएका छन् । तथापि समर्थनमा उनी कतै खुलेका छैनन् ।

फुट(जुटको आरोह अवरोह व्यहोर्दै आएको पुरातन राजनितिक शक्ति राप्रपाले यसलाई एकता र रुपान्तरणको महाधिवेशन भनेको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय