मंसिर १३ , काठमाडौँ । मोडेर्ना इन्कका प्रमुख स्वास्थ्य अधिकृत पाउल बर्टनले अहिले विकसित भइरहेका कोभिड खोप नयाँ भेरियन्टका लागि प्रभावकारी नहुने आशंका व्यक्त गरेका छन् । आगामी सन् २०२२ सम्ममा परिमार्जन गरी नयाँ खोप विकसित गरिने उनले बताएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको विश्वव्यापी त्रास बढिरहेका बेला उनको सो भनाई आएको हो ।

‘नयाँ भेरियन्टको भाइरसविरुद्ध अहिले प्रयोगमा आएका खोप प्रभावकारी हुन्छन वा हुन्नन् भन्ने बारेमा एक दुई सातामा नै थाहा हुन्छ,’ बर्टनले भने । उनले नयाँ भेरियन्टको भाइरसलाई नयाँ खोप आवश्यक पर्न सक्ने र आगामी वर्षको सुरुमा सर्वत्र उपलब्ध गरिने बताए । ‘हामीले चाँडै खोप तयार गर्न सक्छौं,’ उनले भने ।

सक्दो सावधानी अप्नाउनु र अहिले प्रयोगमा आइरहेका खोप सक्दो प्रयोग गर्नाले नयाँ भेरियन्टबाट बच्न सकिने उनले सुझाव दिए । ‘कोभिडलाई नजरअन्दाज गरेर खोप नलगाएका व्यक्तिले तत्काल खोप लगाउनुपर्छ,’ उनले भने, ‘यो खतरनाक भाइरस भएकोले बेलैमा सावधानी अप्नाउनु पर्छ । ओमिक्रोन भेरियन्ट फैलिएपछि अमेरिकाको म्यासाचुसेट्समा रहेको बायोटेक कम्पनीले बिहीबार सयौं कर्मचारी परिचालन गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय