काठमाडौं। कोरोनाको नयाँ भेरिएन्टले फेरि विश्वभर आतंक मच्चाउन थालेको छ । यहीकारण विश्व व्यापार संगठनडब्ल्यूटीओले ३० नोभेम्बरदेखि जेनेभामा हुने मन्त्रीस्तरीय बैठक स्थगित हुने घोषणा गरेको छ । यो बैठक अनिश्चितकालका लागि स्थगित भएको समाचारमा जनाइएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्टको जोखिमलाई मध्यनजर गरी यो निर्णय गरिएको हो ।

स्वीट्जरल्याण्ड तथा अन्य कयौँ यूरोपियन देशमा यात्रा प्रतिबन्ध लागेपछि र क्वारेन्टिनको व्यवस्था लागू भएसँगै जनरल काउन्सिलका अध्यक्ष राजदूत डेकियो क्यास्टिल्लोले पछिल्लो अवस्थाको विषयमा जानकारी दिने उद्देश्यले सबै डब्ल्यूटीओ सदस्यलाई शुक्रबार राति आपतकालीन बैठक समेत बोलाएका छन् ।

केस्टिलोले जनरल काउन्सिललाई सम्बोधन गर्दै हालका यी दुर्भाग्यपूर्ण घटना तथा यसका कारण आउनसक्ने अनिश्चिततालाई मध्यनजर गरी आफूहरुले मन्त्रीस्तरीय सम्मेलन स्थगित गर्ने र अवस्था सहज भएपछि यसलाई चाँडो भन्दा चाँडो पुनः आह्वान गर्नुको विकल्प नभएको बताएका छन् । कोरोना महामारीका कारण डब्ल्यूटीओको १२ औं मन्त्रीस्तरीय सम्मेलन स्थगित भएको यो दोश्रो पटक हो । यसअघि सन् २०२० को जूनमा कजाकिस्तानमा बोलाइएको थियो । त्यो पनि स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय