
९ साउन, काठमाडौं । यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टले आज नुवाकोट जिल्लाका बिभिन्न नगरपालीकामा कोरोनालाई मध्यनजर गर्दै बिभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
बिभिन्न सामाजिक कार्यमा हात बढाउँदै आएको ट्रष्टले आज तादि गाउँपालिका नर्जा र बिदुर नगरपालिका वडा न १० गेर्खुटार मा एक रएक थान अक्सिजन कन्सन्ट्रेटर, माक्स, पिपिई लगायत स्वास्थ सामाग्रीहरु हस्तान्तरण गरेको हो । ट्रस्टका अध्यक्ष डा केदार नरसिंह के सि र महासचिब जगदिश्वरनरसिंह केसीको उपस्थितिमा आज सम्वन्धित स्थानिय तहमा एक कार्यक्रमका विच उक्त सामाग्री हस्तान्तरण गरेका छन् ।
ट्रस्टले सामाजिक कामलाई राजनिति सँग जोड्नु हुदैन, मानव जगतमा परेको यो महामारीमा सवैलाई सवैले सकेको सहयोग गर्नुपर्छु भन्ने मुल मान्यता राखी कोभिड १९ महामारीमा जिल्लावासीलाई अक्सिजनको अभाव हुन नदिन व्यवस्थापनको गर्न आफुलाई अग्रणी मोर्चामा उभ्यायको छ ।
ट्रस्टका महासचिब जगदिश्वरनरसिंह केसीले पछिल्लो समय जिल्लामा कोभिड १९ नयाँ प्रजाती डेल्टा भेरियन्ट भेटियको अवस्थामा अझ थप जोखिम वढ्ने तर्फ सचेत रहन र आफु पनि वचेर अरुलाई वचाउन सबैमा अपिल समेत गरेका छन् । साथै सामाग्री व्यवस्थापन र सहयोगी बिभिन्न सस्था र दाताहरुलाइ धन्यावाद समेत दिएका छन् ।