
काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २४२ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार ८२९ वटा पीसीआर नमुना परीक्षण गर्दा २४२ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।
यस्तै, २ हजार ६१७ वटा एन्टिजेन नमुना परीक्षण गर्दा २८ जनामा पोजिटिभ देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यस्तै, शुक्रबार ३०२ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९७।७ प्रतिशत छ । यस्तै, २ जना मृतक थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २८७ रहेको मन्त्रालयले जनाएको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ८ लाख २० हजार ५२७ जनालाई कोरोना संक्रमण देखिएको छ भने ८ लाख १ हजार ७२२ जना निको भएका छन् ।
२४ घण्टामा १ लाख ९६ हजार ८५३ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ ।