
४ मङि्सर काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले फटाहा कुरा बोल्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन्।
थाहा नगरपालिका-८ मकवानपुरमा आग्रा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्दै स्वास्थ्य मन्त्री खतिवडाले यस्तो बताएका हुन्।
‘हामी फटाहा कुरा बोल्ने मनसायमा छैनौं। हामी गर्नसक्ने कुरा बोल्छौं। गर्न नसक्ने कुरा बोल्दैनौं,’ उनले भने, ‘सिंहदरबारमा बसेर स्वीच दबाएर देशभरिका ५ सय सडक उद्घाटन भन्ने तर, त्यो सडक कहाँ छ थाहा छैन। पैसा कति लाग्छ थाह छैन।’
उनले मान्छेलाई अलमलमा पार्ने पक्षमा आफ्नो पार्टी नरहेको बताए।