
२० कार्तिक, एजेन्सी । पश्चिम अफ्रिकी देश सिएरा लिओनमा तेल ट्याङ्करमा विष्फोट हुँदा ९१ जनाको मृत्यु भएको । सिएर लिओनको राजधानी फ्रिटाउनका भएको विष्फोटमा अन्यत दर्नजौ घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीकाअनुसार सहरको एब व्यस्त चोकमा ४० फिट लामो तेल ट्याङ्कर बससँग ठोक्किँदा विष्फोट भएको हो । सरकारले प्रभावित परिवारलाई सम्पूर्ण प्रकारको सहयोग गरिने बताएको छ ।
विस्फोटमा कयौं व्यक्ति घाईते भएको र घाईतेको अवस्था गम्भीर रहेको सिएरा लियोनको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (एनडीएमए)का सञ्चार निर्देशक मोहम्मद लमराने बाहले जानकारी दिएका छन् । उनका अनुसार इन्धन बोकेर गुडिरहेको ट्याङ्करलाई अर्को ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।