![](https://eprabhatkhabar.com/wp-content/uploads/2021/11/thumb-8-e1635855142655.jpg)
सुर्खेत — २१ सांसदको समर्थनसहित कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् । उनले नेकपा माओवादीका १२, कांग्रेसका ६ र नेकपा एकीकृत समाजवादीका ३ सहित २१ जना सांसदको समर्थनमा मंगलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेस गरेका हुन् ।
कर्णालीको मुख्यमन्त्रीका लागि दाबी पेश गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही । तस्बिर स् हरिहरसिंह राठौररकान्तिपुर
कर्णाली प्रदेशसभा ३५ सदस्यीय छ । बहुमतका लागि १८ सांसद आवश्यक पर्छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार बेलुका साढे ७ बजेसम्मका लागि मुख्यमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।
शाहीले नेपालको संविधानको धारा १६८ ९२० बमोजिम आफूलाई बहुमत रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ३ दलको निर्णयअनुसार शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेको कांग्रेस सचेतक हिमबहादुर शाहीले बताए ।
प्रदेशसभामा रहेका बहुमत सदस्यहरुको समर्थनमा शाहीले दाबी पेस गरेपछि प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा दाबी गरेका शाहीको शपथ ग्रहण मंगलबार राति साढे ८ बजे गर्ने तयारी गरेको छ ।
मुख्यमन्त्री शाहीले शपथ ग्रहण गरे पनि अरु मन्त्रीले भने १र२ दिनमा शपथ ग्रहण गर्ने सचेतक शाहीले बताए ।
प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा दाबी गरेका शाहीको शपथ ग्रहण मंगलबार राति साढे ८ बजे गर्ने तयारी गरेको छ । मुख्यमन्त्री शाहीले शपथ ग्रहण गरेपनि अरु मन्त्रीले भने १र२ दिनमा शपथ ग्रहण गर्ने सचेतक शाहीले बताए ।