चितवन — नेकपाएमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार चितवनको माडी पुगेर आफैँले घोषणा गरेको रामजन्मभूमिमा हिन्दु परम्परा अनुसार राम(सीताको पूजा गरेका छन् ।

प्रधानमन्त्री रहेकै बेलामा तयार पारिएका मूर्तिहरू यसै वर्षको दसैंको रामनवमीमा माडी( बगइ नजिकै अस्थायी मन्दिर बनाएर राखिएको थियो। यहाँ राम(सीता लक्ष्मणका मूर्ति छन् । हात जोडेर बसेका हनुमानको मूर्ति छ । हनुमान सधैँ हात जोडेर मात्रै बस्दैनन् । गदाहा पनि उठाउँछन् । हनुमानको गदाह देखेर पापीहरू आत्तिन्छन् । अहिले केही आत्तिन थालिसके सके नेता ओलीले भने ।

गठबन्धन दलका नेताहरूलाई लक्षित गर्दै नेता ओलीले यस्तो टिप्पणी दिएका थिए । यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै माडीलाई तपोभूमिको रुपमा विश्वभर चिनिने भन्दै अब यस ठाउँ मणि बन्ने बताए ।

केही दिनअघि चितवन भरतपुरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले आगामी चुनावमा चितवन कुरूक्षेत्र हुने बताएका थिए । त्यसको जवाफको दिँदै ओलीले भनेका छन् प्रचण्डले बैँस सम्झेर अहिले कुरूक्षेत्र बनाउँछु भनेर हुन्छ १ बैंसमा त बम पड्काएर बाँदरमुढेमा कुरूक्षेत्र बनाउनु भएको हो । अब के कुरूक्षेत्र बनाउने  कुरूक्षेत्र बनाए पनि जित्ने भनेको युद्व चाहने कोरवले हैन पाण्डबले हो ।

 

नेता ओलीले प्रधानमन्त्री बनेकै बेलामा पनि माडीलाई राम जन्मभूमिको रुपमा व्याख्या गरेपछि नेपाल र भारतमा पनि उनी आलोचित बनेका थिए । राम जन्मभूमिमा राम(सीताको मन्दिर बनाउने अभिव्यक्ति दिएपछि विशेषगरी वाम घटकहरूले उनको आलोचना गर्दैआएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय