विराटनगर — प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले शपथ गराएका हुन् ।

नेकपा एकीकृत समाजवादी का नेता राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ ९२० अनुसार मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यस्तै, मुख्यमन्त्री राईले ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् । उनले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय