काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘संविधान अनुकुल नै गरौं’ भनेपछि सर्वोच्च अदालतका न्यायाधीशहरु झस्किएका छन् ।

जबराले सम्मानजनक निकासको प्रस्ताव अघि सारेपछि न्यायाधीशहरुले प्रष्ट मार्गचित्र मागेका थिए । तर सोमबार साँझ न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई भेटेका जबराले कसैलाई पनि अपमाननपूर्वक हटाउन नहुने धारणा राखे ।

भेटमा सहभागी न्यायाधीशहरुले अरु न्यायाधीशलाई ब्रिफिङ गरेअनुसार प्रधानन्यायाधीश जबराले ‘छलफल गरौं, सकेसम्म संविधान अनुकुल नै गरौं’ भनेका छन् । संविधानअनुकुल निकास भनेको महाअभियोग वा ६५ वर्षे उमेर हद पार गरेपछिको नियमित अवकाश हो ।

प्रधानन्यायाधीश जबराको प्रस्तावले सर्वोच्चका न्यायाधीशहरु झस्किएका छन् । सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न सहमत भएका उनीहरुले मंगलबार बन्दी प्रत्यक्षीकरणको मुद्दा पनि सुनुवाइ गरेका छैनन् । न्यायाधीशहरु मंगलबार पुनः आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु