
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बेलायतबाट फर्किने वित्तिकै नागरिकता ऐन पारित हुने दावी गरेका छन् । शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा उनले यो गठबन्धन सरकारले नै मधेसी जनताको नागरिकताको समस्या हल गर्छ भन्ने प्रमाणित गर्ने बताए ।
प्रधानमन्त्री फर्केर आएपछि नागरिकता ऐन पारित गरिनेछ’ उनले भने, ‘यो गठबन्धनले नै मधेसी जनताको नागरिकताको समस्या हल ग¥यो भन्ने प्रमाणित गरिनेछ ।’
नागरिकता ऐन पारित हुन नसक्दा संविधान अनुसार जन्मका आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउन सकेका छैनन् ।
आफूहरुले केपी शर्मा ओली नेतृत्वको सरकारकै बेलामा नागरिकता ऐन पारित गर्न खोजे पनि सम्भव नभएको प्रचण्डले बताए ।