काठमाडौं – विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रले पार्टी फुटाएको आरोप लगाएका छन् । बैठक बोलाएर दस्तावेज पारित गरेको भन्दै पाण्डेले अब मिश्रसँग निर्वाचन आयोगमा भेट हुने बताए ।

पाण्डेले बिहीबार बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको पनि उनले बताए । ‘उहाँले बोलाउनुभएको बैठक गुटको बैठक हो, पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचन आयोगले निर्क्योल गर्छ’ पाण्डेले भने, ‘उहाँसँग बैठक बोलाउने कुनै अधिकार छैन ।’

पार्टीको विधानले पनि अध्यक्षलाई ‘सेरोमनियल’ र संयोजकलाई कार्यकारी भूमिका दिएको उनले बताए । ‘यसको छिट्टै कानूनी रुपमा टुंगो होला, राजनीतिक रुपमा त उहाँहरुले पश्चगमनको नेतृत्व गरिरहँदा र हामीले अग्रगमनको नेतृत्व गरिरहँदा माइतीघरमा वा बानेश्वरमा भेट होला’ पाण्डेले थपे ।

मिश्र पक्षले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने अध्यक्षको दस्तावेजलाई केन्द्रीय समितिको बहुमत सदस्यले पारित गरेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय