
काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्माले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताएका हुन् ।
ुपाकिस्तानी शैलीमा परमादेशबाट सरकार गठन हुन थालेपछि आज सर्वोच्च अदालतमा समस्या देखिएको छ। श्रीमान् न्यायाधीशहरुले कस कसले के गर्नु भएको थियो । अलि खुलेको छ,अध्यक्ष ओलीले भने, एक जना मात्रै होइन परमादेश पाँच जनाले सर्वसम्मत फैसला गरेको होइन । एक जना मात्रै किन राजीनामा गर्नु भएको छ रु पाँचै जनाले राजीनामा गर्ने होइनरु सर्वसम्मत निर्णयको सुगन्ध र दुर्गन्ध के थियो
ओलीले बार र वकिलले संसद् विघटनको समयमा बार र वकिलले इजलास तोक्ने काम गरेको आरोप लगाए । ुयो न्यायाधीश राख्नु हुन्छ यो न्यायाधीश राख्नु पर्छ भन्ने, बस्छु भन्नेलाई हटाएको होइन रु बार र वकिलले बेन्च गठन गर्ने काम भयो, उनले भने, हुँदै नभएको आधारमा राष्ट्रपतिलाई परमादेश जारी गरिएको छ ।
गत असार २८ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।
उक्त आदेशमा सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।