पाँचथर — पाँचथरको फिदिममा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेकोे छ ।

दुर्घटनामा मोरङको लेटाङ घर भएका प्रज्वल मगर, पाँचथर कुम्मायक माइती भएकी २३ वर्षीय प्रमिला देवान र उनका ७ महिने छोरा निश्चल देवान छन् । एक जना मृतकको भने पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका चालक सोमबहादुर राईसहित ६० जना घाइते छन् । घाइतेमध्ये २० को अवस्था चिन्ताजनक छ । घाइतेमध्ये गम्भीर अवस्थाका १० जनालाई पाँचथरबाट झापा र मोरङका अस्पतालमा रिफर गरिएको छ । घाइतेको उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर आउदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

पाँचथरको सिवाखा दोभानबाट यात्रु लिएर झापा जाने क्रममा फिदिम–४ स्थित मध्यपहाडी लोकमार्गको सगरखण्डेमा सोमबार बिहान ११ बजे को ३ ख ३८६५ नम्बरको बस दुर्घटनामा परेको हो । ४४ सिट क्षमताको बसमा ६५ यात्रु सवार रहेको सूचना अधिकारी विश्वकर्माले जानकारी दिए । बस सडकबाट पल्टेर करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय