
काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले कार्यसंयोजन गर्न नसकेकै कारदलबाट राजीनामा दिएको बताएका छन् ।
उनले राजीनामाको कुरो ठूलो पनि नभएको बताए । ‘संयोजन गर्न सकिनँ भनेर राजीनामा दिनुभयो ,’ उनले भने, ‘लिखित पनि होइन, स्वीकार्य, अस्वीकार्य पनि होइन र ठूलो कुरो पनि होइन ।’
यस्तै उनले एमालेमा कोही १० भाइ नभएको पनि बताए । ‘को १० भाइ रु १० जना १२ जना भन्ने छैन, पार्टी एक ढिक्का छ,’ उनले भने ।
१० बुँदे कार्यान्वयनमा ओली प्रतिबद्ध नभएको भन्दै रावलले सहजीकरणका लागि बनेको कार्यदलबाट शुक्रवार राजीनामा दिएका थिए ।