काठमाडौं-  नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरूले कम्तीमा १० जना गाउँलेको हत्या गरेका छन् । उनीहरूले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । त्यसक्रममा कम्तीमा पनि १० जना गाउँलेको ज्यान गएको छ भने अरू केही घाइते भएका छन् ।

नाइजेरियाको उत्तरपश्चिमी कातासिना नामक राज्यको एक दुर्गम गाउँमा सो हत्या भएको हो । उक्त गाउँमा बुधवार राति सो हत्या भएको यहाँका स्थानीय सञ्चारमाध्यमहरूले बिहीवार जानकारी दिएका हुन् ।

उक्त राज्यका प्रहरी प्रवक्ता गाम्बो इसाले सो गाउँमा बन्दुकधारीहरूले दुःखद घटना गरेका बताएका छन् । उनका अनुसार नाम नखुलेका ती व्यक्तिले गाउँलेमाथि बन्दुकले हमला गरेका र त्यसमा परेर १० जनाको ज्यान जानुको साथै अरू ११ जना नराम्ररी घाइते भएका छन् ।

घाइतेहरूलाई अस्पताल पुर्‍याइएको र त्यस हत्यामा सलग्नहरूको खोजी गरी घटनाको अनुसन्धान थालिएको पनि ती प्रवक्ताले जनाएका छन् । रासस(सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय